त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको १३ दिनसम्म पनि उनले जिल्ला नछाडेपछि प्रदेश प्रहरीले उनलाई पत्र काटेको थियो । पत्र काटेको दिन बिहीबार उनी सधैँझैँ नियमित काममा व्यस्त रहे ।
पूर्वी रत्ननगर नगरपालिका–५, टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्न पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ मल्ल कार्यक्रमस्थल पुगे । मल्ल प्रचण्डका पूर्वनिजी सुरक्षा अधिकृत पनि हुन् ।
प्रचण्डसँगकै सम्बन्धका कारण उनले डीएसपी हुँदा आकर्षक मानिने काठमाडौंको दरबारमार्ग प्रहरी वृत्तको नेतृत्व गर्ने अवसर पाएका थिए ।
मल्लले जिल्लाका सञ्चारकर्मीहरुसँग तत्काल जिल्ला नछाड्ने बताएका छन् । सरुवामा ‘कसैले खेल्न खोजेको’ उनको आरोप छ । उनले समय नपुग्दै सरुवा गर्न खोजिएको भन्दै चितवनमै बस्ने वातावरण बनाइदिन भन्दै लबिङ गरिरहेको स्रोतले बताएको छ ।
मल्लले जिल्ला नछाड्दा चितवनमा सरुवा गरिएकी गंगा पन्त काठमाडौंमै छिन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री सरुवाको पूर्वसूचिमा कुनै परिवर्तन नभएको बताएका छन् ।
अनलाइन खबरबाट साभार