logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

किन गर्याे ९५० राेपनी सरकारी जग्गा विप्लवले कब्जा ? हेर्नुस् ( कारणसहित )


  • राजनीति
  • शनिबार, पुष १९ २०७६

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काभ्रेको साविक महादेव स्थान-९ मा रहेको ९५० रोपनी जग्गा जवर्जस्ती सरकारीकरण गरिएको भन्दै कब्जाको घोषणा गरेको छ ।

विगतमा दनुवार समुदायका बिभिन्न व्यक्तिको नाममा रहेको र पुर्जाको प्रमाण पत्र रहेको जग्गा, खोलाको बगरको बाहनामा जग्गा सरकारीकरण गरिएको भन्दै जग्गा कब्जा गरिएकाेे नेकपा काभ्रेले जनाएको हो ।

नेकपा काभ्रेले ‘कित्ता नम्बर ९१६,९१७ र १२५० जग्गा बिगतमा दनुवार समुदायको विभिन्न व्यक्तिहरुको नाममा रहेको यथस्थ प्रमाण रहेको तर ३०३१ सालमा सर्भे नापी हुँदाको बखत अावश्यक जानकारी र सुझबुझको अभावमा दर्ता गर्दा हुन गएको कमजोरी सच्याउनुको सट्टा व्यक्ति र सरकारको नाममा दोहोरो श्रेस्ता कायम गराई अन्तमा जबर्जस्ती दनुवार समुदायलाई उठिबास गराइएको’ भनेको छ ।

नेकपा .ले निकालेको अपिलमा खोसिएको जग्गा फिर्ता गर्नुपर्ने, तत्कालीन प्रमुख जिल्ला अधिकारी, नापी र मालपोत अधिकृत र भूमाफियालाई कारबाही गर्नुपर्ने माग गरेको छ । कब्जा गरिएको ठाउँमा गिट्टी बालुवा निकाल्न बन्द गर्न पनि चेतावनी नेकपाले दिएको छ ।

हेर्नुस् कब्जाबारे गरिएको अपिल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार