logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

देउवाको सरकारको निर्णय उल्टाउदै ओली सरकार

राष्ट्रिय सभामा ३ जनाको नयाँ नाम सिफारिस


  • राजनीति
  • मंगलबार, फाल्गुन ८ २०७४

File photo of CPN-UML Chairman KP Sharma Oli (left) and Nepali Congress President Sher Bahadur Deuba. Photos: THT

काठमाडौ/ आज बिहान बसेको मन्त्रीपरिषद बैठकले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारको निर्णय उल्टाउदै सरकारले राष्ट्रिय सभामा ३ जनाको नयाँ नाम सिफारिस गरेको छ ।

बैठकले योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगर्भनर युवराज खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र योजना आयोगकै पूर्वसदस्य बिमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि देउवा नेतृत्वको सरकारले कांग्रेस निकट कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभामा सिफारिस गरेको थियो । उक्त सिफारिसलाई राष्ट्रपति कार्यालयले कार्यान्वयन गरेको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेकाहरु एमाले र माओवादी निकट छन् । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

हरेक प्रदेशबाट ८–८ जनाका दरले राष्ट्रिय सभामा ५६ जना भने निर्वाचित भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार