logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आगमी चुनाव कांग्रेस समाजवादी गठबन्धन यस्तो छ सहमति


  • राजनीति
  • शनिबार, पुष १९ २०७६

नेपाली काँग्रेस र समाजवादी पार्टीबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ । शुक्रबार शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा निर्वाचनको ४ पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भएको हो ।

काँग्रेसले महिला र अल्पसंख्यकमा उम्मेदवारी दिने भएको छ भने समाजवादीले दलित र अन्य पदमा उम्मेदवारी छ । अन्य प्रदेशमा भने काँग्रेस र समाजवादीबीच तालमेल हुने छैन । राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ । संविधानको धारा, ८६ ९३० बमोजिम प्रत्येक दुई वर्षमा राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन्छ । स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य छन।

जसमा सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल समाप्त हुँदैछ । राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार