logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अर्धभुमिगत सिंह सार्वजनिक बहसमा सहभागी हुने


  • राजनीति
  • शनिबार, पुष १९ २०७६

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले अब टेलिभिजनमा अन्तरवार्ता दिन पाउने भएका छन् ।

पार्टीको केन्द्रीय समिति र राष्ट्रिय परिषदको बैठकले महामन्त्री सिंहलाई टिभी वा विभिन्न दृश्य समाचारमा जानसक्ने छुट दिने निर्णाय गरेको हो ।

अर्धभूमिगत रुपमा रहेका सिंह यसअघि रेडियो र पत्रिकामा अन्तरवार्ता दिए पनि टेलिभिजनमा देखिएका थिएनन् ।

यस्तै बैठकले राष्ट्रिय सभाको आगामी चुनावमा गण्डकी र प्रदेश ५ मा सहभागी हुने निर्णय पनि गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार