logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन,पछिल्लो निर्णय सच्याउनु पर्छ : पौडेल


  • राजनिती न्युज डेस्क
  • शनिबार, पुष १९ २०७६

चितवन — कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग शनिबार कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए ।

उनले भने, ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुन्छ ।’

उनले पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेको आरोप लगाए । पौडल समूहको बहिष्कारबीच कांग्रेस केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औँ महाधिवेशनको मिति तोकेको थियो ।

पार्टीमा देखिएको समस्या समाधानका लागि आफूले पेस गरेका ९ बुँदे एजेन्डामा छलफल नगरी एकलौटी निर्णय गरिएको उनले बताए । उनले जीवन्त पार्टीमा साना ठूला विवाद भने भइरहने बताए ।

नेतृत्वको असक्षमताका कारणले नै बलियो प्रतिपक्षको भूमिका खेल्न नसकिएको पौडेलले बताए । देशलाई भ्रष्टचारमुक्त र कांग्रेसलाई विकृति मुक्त बनाउनुपर्ने उनको धारणा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार