राजनीति
सत्तारूढ दल नेकपा भित्र सभामुख चयन निकै पेचिलाे बनेको छ। केही समय अघि सभामुख पनि पुर्व एमाले लाई छाेड प्रचण्डलाई राजनीति बाट सन्यास लिन सुझाव दिएका पुर्व माओवादीहरुलेे अहिले सभामुख छाेडने भए प्रधानमन्त्री प्रचण्ड हुनुपर्ने नया प्रस्ताव अघि सारेका छन् ।
नेकपामा सभामुख चयन सकसपूर्ण बन्दै गएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा छन्। यसबारे मंगलबार बेलुकी र बुधबार बिहान बालुवाटारमा भएका छलफल पनि निचोडमा पुग्न सकेनन्।
त्यसअघि सोमबार सिन्धुपाल्चोक ‘रिफ्रेसमेन्ट’ मा जानुअघि दाहालले बालुवाटारमै भेटेर प्रधानमन्त्री ओलीलाई सभामुख छाड्न नसक्ने बताएका थिए। स्रोतका अनुसार दाहालले सभामुख पूर्वएमाले समूहलाई छोड्दा प्रधानमन्त्री आफूले पाउनुपर्ने प्रस्ताव गरेको स्रोत बताउँछ।
‘सभामुख छोड्न सकिन्छ, तर त्यसका लागि तपाईं (ओली) ले प्रधानमन्त्री छोडेर कार्यकारी अध्यक्ष भई पार्टी चलाउनुहोस्, म प्रधानमन्त्री हुन्छु,’ दाहालले ओलीसँग प्रस्ताव गरेका थिए। उनले यो विषयको जानकारी गौतम निवासमा भएको छलफलमा पनि नेताहरूलाई सुनाएको स्रोत बताउँछ।