logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

उपप्रधान एव रक्षा मन्त्री ईश्वर पोख्रेल चढेको सेनाको हेलिकप्टर पाल्पामा आकस्मिक अवतरण


  • राजनीति न्युज डेक्स
  • शुक्रबार, पुष २५ २०७६

पोखरा – अर्धाखाचीबाट बुटवल आउदै गरेको सेनाको हेलिकप्टर पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरेको छ ।

अर्धाखाचीबाट सुरक्षा प्रमुखको बैठकबाट बुटवल आउदै गर्दा उपप्रधानमन्त्री एव रक्षा मन्त्री ईश्वर पोख्रेल सवार सेनाको हेलिकप्टर मौसम खराब भएपछी तानसेनको मैदानमा अवतरण गरेको हो।

शुक्रबार साँझ सवा ५ बजे तानसेनको टुडिखेल मैदानमा हेलिकोप्टर अवतरण गरिएको थियो।
पोखरेल नगरपालिकाको गाडीमा बुटवल गएको उनले बताए।

बाक्लो हुस्सु लागेर भिजिबिलिटी कम भएपछि आकस्मिक अवतरण गर्नुपरेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार