राजनीति
सरकारले प्रतिवन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेकपाले आठाै बैठकबाट निलम्बन गरेका पोलिटव्यूरो सदस्य मोहन कार्की ‘जिवन्त’ सत्तारूढ नेकपा प्रवेश गरेका छन् । शनिवार नेकपाको मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्कीको स्वागत गरे ।
विगतमा नेकपा माओवादी केन्द्रमा केन्द्रीय सदस्यको रुपमा रहेका कार्की पछिल्लो चरणमा माओवादीको विभाजन संगै विप्लव नेकपामा लागेका थिए । जनयुद्दकाे पछिल्लाे कालखण्डमा उनी उपत्यकामा कार्यरत थिए ।
विप्लव नेतृत्वको नेकपाले आन्तरिक सुदृढीकरण लाई ब्यापकता दिदै साे पार्टीको स्थायी कमिटी बिगठन गर्दै सुदृढीकरण काे सुरुवात गरेको थियोे । नेकपाले पार्टीको पाेलिटब्युराेलाइ पनि भंग गरेकाे थियोे ।
पछिल्लो समय विप्लव नेकपा भित्र आर्थिक अपचलन बैचारिक बिचलनता र अस्पष्टता तथा सुचना चुहावट जस्ता गंभिर प्रकृति का समस्या हरु देखिन थालेपछि महासचिव विप्लव ले सुदृढीकरण का लागि बिशेष प्रस्ताव राखेको स्राेतकाे दावी छ ।
यहि शिलसिलामा केही समय अघि पार्टी बाट निलम्बित निवर्तमान पाेलिटब्युराे सदस्य गंभिरले पनि पार्टी छाेडदै सत्तारूढ दल नेकपामा प्रवेश गरेका थिए ।
विप्लव नेकपामा आन्तरिक सुदृढीकरण निकै पचिलाे बनेकाे छ भने यता राज्यकाे दमन त्यत्तिकै चर्काे छ। यसकाे सामना गर्न तयार नहुने नेता कार्यकर्ताहरु बिचलित हुनु स्वाभाविक भएकाे स्राेत भन्छ ‘बर्गसंघर्ष तथा आन्तरिक सुदृढीकरण जब पेचिलाे हुन्छ सबै क्रान्तिकाे यात्रामा सगै जान्छन भन्ने हुदैन’ ।