राजनीति
प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कालिकोटले खुल्ला जनसभाहरु तिब्रतामा गरिरहेको छ। नेकपा कालिकोट पार्टीको केन्द्रिय कार्यक्रम अनुुसार जिल्ला का विभिन्न ठाउँमा आफ्नो राजनीति तथा साँस्कृतिक अभियान तीब्ररुपमा अगाडि बढाएको छ ।
आज शान्नित्रिबेणी गाउँपालिकाकाे मुम्रामा भब्य जनसभा सम्पन्न भयाे। उक्त जनसभामा जनताकाे उल्लेखिय सहभागी रहेकाे बताइएकाे छ। पछिल्लो समय कालिकाेटमा नेकपाले राजनीतिक तथा सांगठनिक गतिविधिहरु तिब्र बनाएकाे छ । सरकारले प्रतिबन्ध लगाएपनि कालिकाेेेेेटमा भने यसकाे कुनै प्रभाव देखिन्न ।
उक्त सभालाई सम्बोधन गर्दै प्रमुख अथिती जिल्ला ईन्चार्ज बिराट र सेक्रेटरी रणदिप ले सम्बोधन गरे । जिल्ला इन्चार्ज बिराटले अहिले मुलुक माथि उत्तर साम्राज्यवादी तथा अमेरिकी साम्राज्यवाद ले गिद्दे नजर लगाएकाे भन्दै कथित एमसिसि सम्झाैता कुनै पनि हालतमा आफ्नो पार्टीको ले कार्ययनयन हुन नदिने ठोकुवा गरे ।
जिल्ला सेक्रेटरी रणदिप सामना साँस्कृतिक टिमका आराेह नेपाली लगाएतले सम्बाेधन गर्दै आफ्नो पाटीलाई दलालहरु जबर्जस्त युद्धमा धकेल्न खोजेको भन्दै आपत्ति जनाए । उनिहरुले जनतालाइ बिभिन्नन सपना बाड्दै जनतालाई लुट्नेहरुले लुटपाट गरेको मा आक्राेश ब्यक्त गरे । कार्यक्रममा केन्द्रीय साँस्कृतिक टाेली सामना द्वारा जनवादी गितहरु प्रस्तुत गरेका थिए ।