logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

बाबुरामकाे आक्राेस संसद पंगु र निस्काम सावित, कस्ले के भने ? हेर्नुस्


  • राजनीति
  • सोमबार, पुष २८ २०७६

सत्तारूढ दल नेकपाकाे गुटबन्दी काे सिकार बनिरहेको संसद खुल्ने कुरा अझै अनिश्चित छ । सभामुख चयन प्रक्रियामा राष्ट्रपति भण्डारी , प्रधानमन्त्री ओली र अर्को अध्यक्ष प्रचण्ड ले आ आफ्नै अडान राखेपछि उक्त प्रक्रिया अनिश्चित बनेको हाे ।

पटकपटक संसद बैठक सुचना टास गरि स्थगित गरिए पछि विभिन्न राजनीतिक दलका नेताहरुले आक्राेश व्यक्त गरेका छन् । उनिहरु ले सार्बभाैम संसदलाई नपुंस बनाएकाे आराेप लगाएका छन् ।

पटक पटक संसद् स्थगित हुनु दुःखद् हो,’ नेकपा संसदीय दलका उपनेता नेम्बाङले भने, ‘संसद्को मुख्य काम सभामुख चयन गर्नु हो। सभामुख नहुँदा संसद्का काम कारबाही प्रभावित हुनु राम्रो होइन।’ कांग्रेस सांसद गगन थापा नेकपाभित्रको स्वार्थ विवादले संसद्लाई बन्धक बनाउनु निन्दनीय भएको बताउँछन्। ‘यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रबन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलाफमा छ’, उनले आइतबार ट्विट गरेका छन्, ‘उपसभामुखज्यू, संसद् कुनै दलको छाया होइन, तपाईं संसद्को उपसभामुख हो, नियमानुसार सदनको प्रक्रिया अगाडि बढाइयोस्।’

प्रतिनिधिसभा स्थगित हुँदा दुई दर्जनभन्दा बढी विधेयकको काम कारवाही अघि बढ्न सकेको छैन। सभामुख नहुँदा ५ वटा विधेयक प्रमाणीकरण रोकिएको छ। ‘प्रेस, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने गरी सरकारले पेस गरेका विधेयकमाथि छलफल गर्न पाएका छैनौं,’ कांग्रेस सचेतक पुष्पा भुसाल भन्छिन्, ‘सरकारबाट जताततै भ्रष्टाचार, अनियमितताका काण्ड मच्चाइएका छन्। विपक्षीको विरोधलाई छल्न पनि सरकारले संसद् नचलाउने षडयन्त्र गरेको हो कि भन्ने लागेको छ।’

हिउँदे अधिवेशनको मुख्य काम कानुन निर्माण, संशोधन र परिमार्जन गर्ने भए पनि सभामुख चयनमा देखिएको विवादले बन्धक बनेको छ। विपक्षी कांग्रेसले संसद् बन्धक बनाइएको भन्दै आइतबार विज्ञप्ति निकालेर आपत्ति जनाएको छ। ‘संसद्प्रति सरकार र सत्तापक्ष गैरजिम्मेवार देखिएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा भनेका छन्, ‘३ महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभाको प्रक्रिया अघि नबढाइनु र सत्तारुढ दलभित्रको विवादको छायामा प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ।’

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि संसद् स्थगित भएकोमा असन्तुष्टि जनाएका छन्। ‘हिजो दलीय खिचातानीले संसद् बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो,’ भट्टराईले ट्विट गरेका छन्, ‘तर आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु र निष्काम हुने र बैठक सरिरहने ? जनप्रतिनिधि मूकदर्शक भैरहने ? यही हो लोकतन्त्र ? अझै कम्युनिज्म ? धन्य कणहरू।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार