logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चुनढुंगा खानीमा बिस्फोट, खानीभरी बमैबम


  • राजनीति
  • सोमबार, पुष २८ २०७६

नेत्र बिक्रम चन्द विप्लवले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले  रैनादेवी गाउपालिका १ छहरा सिद्धेश्वरमा रहेको सिद्धेश्वर  चुनढुङ्गा खानीमा वम बिस्फोट गरेको छ ।

प्राकृति स्रोतसाधनको दोहन गरेको, स्थानिय जनता र ब्यवसायीलाइ भ्रममा पारेको , नेकपाको जनसत्तामा दर्ता नगरेको भन्दै जिल्ला जनपरिषद पाल्पाले बिष्फोट सहित दर्जन बढी बमहरु राखेको जनाएको छ ।

गुल्मी र  अर्घाखाँचीको सिमावर्ती क्षेत्रमा पर्ने पश्चिम पाल्पामा रहेको रैनादेवी गाउपालिकामा बिगत देखी नै नेकपाले आफ्नो गतिविधिलाइ तिब्र बनाउदै लगेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा पाल्पा जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंहले जनताको रक्षाको लागी जनमुक्ति सेना र सेवाको लागी जनसत्ता सक्रिय रहेको बताएको दुइ साता नबित्दै यो बिस्फोट भएको छ । यहि पौष १२ गते एक कार्यक्रममा नेता सिंहले उक्त धारणा राखेका थिए । जिल्ला इन्चार्जको भनाइ सगै यो खाले गतिविधि हुनुले पाल्पामा नेकपाको गतिविधि तिब्र र आक्रामक हुदै गएको बुझिएको छ ।

चुनढुङ्गा खानी संचालकहरुको बदमासी बारेमा पाल्पामा बिगत देखी नै बिभिन्न खाले बिरोध र जनस्तर बाट आलोचना हुदै आएको छ ।

सांकेतिक फाइल तस्वीर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार