logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बालुवाटारमा शक्तिशाली बम भेटियाे


  • राजनीति
  • बुधबार, माघ १ २०७६

बालुवाटारस्थित विवादित ललिता निवासको जग्गामा पनि शंकास्पद वस्तु भेटिएको छ ।

बुधबार राति भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङको स्टोर छेऊ रहेको पर्खालबाहिर कुकर जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।

घटनास्थलमा खटिएका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) ले बताएअनुसार अहिले त्यसक्षेत्रलाई घेरा हालिएको छ । र, सेनाको बम डिस्पोजल टोली बोलाइएको छ ।

यसअघि ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको नागार्जुन–१ नर्सरी चोकस्थित घरमा पनि विष्फोट भएको थियो । जसमा कुमार भट्ट सामान्य घाइते भएका छन् ।

फाेटाे फायल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार