logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सरकार ‘युद्ध’ र ‘अशान्ति’ चाहान्छ : नायिका थापा


  • राजनीति
  • बिहिबार, माघ २ २०७६

चर्चित नायिका रेखा थापाले बर्तमान सरकार अशान्ति र युद्धको पक्षमा देखिएको आराेप लगाएकि छिन् । विप्लव नेतृत्वको नेकपाप्रति सरकारले अख्तियार गरेको बाटो ले हिंसा र अशान्ति निम्ताउने नायिका थापाकाे बुझाइ छ ।

नायिका थापाले बिश्वमा सम्वाद असम्भव देखिएका भनिएका राष्ट्र हरु र नेताहरु बिच राजनीतिक सम्वाद चलेको स्मरण गराउदै नेपाल मा सरकार र विप्लव नेकपाबिच किन वार्ता नहुने भन्दै प्रश्न गरेकि छिन् ।

आफ्नो आधिकारिक सामाजिक सन्जाल फेसबुक पेजमा स्टाटस लेख्दै नायिकन थापाले प्रगति र उन्नति का लागि शान्ति नभए पनि हुन्छ भन्ने हठ सरकारले राखेर जबरजस्त युद्ध चाहेकाे बताइन् ।

हिजाे साझ काठमाडौं स्थित बिबादित बालुवाटार कनण्डका जग्गा दलाल शाेभाकर ढकालकाे घरमा भएको बम बिस्पाेटलाई इंगित गर्दै थापा लेख्छिन् ‘यसरी शहर सन्त्रासमा पुगुन्जेल पहल नगरि बस्नु हुँदैन । आजको बिष्फोटले देखाउछ- जती ढिला हुन्छ उती गुमाउछ नेपालले’ ।

हेर्नुस् स्टाटस

उत्तर कोरिया र अमेरिका, तालिबान र अमेरिका सम्बाद गर्न हुने- तर सरकार र बिप्लव बिच किन वार्ता नगरेको? प्रगती र उन्नातिको लागि शान्ती नभएपनी हुन्छ भन्ने हठ कस्को हो?
यसरी शहर सन्त्रासमा पुगुन्जेल पहल नगरि बस्नु हुँदैन । आजको बिष्फोटले देखाउछ- जती ढिला हुन्छ उती गुमाउछ नेपालले ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार