logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपामा नयाँ समिकरण बादलले छाेडे प्रचण्डलाई


  • राजनीति
  • बिहिबार, माघ २ २०७६

नेकपामा पछिल्लो समीकरणअनुसार नौ सदस्यीय सचिवालयमा भैंसेपाटी छलफलमा सहभागी पाँच नेता दाहालतिर देखिएका छन् । ओलीले पोखरेल, थापा र पौडेललाई आफ्नो ध्रुवमा राखेका छन् । ओलीबाहेक भैंसेपाटी छलफलमा पोखरेल, थापा र पौडेल सहभागी थिएनन् । त्यसबेला थापा चीन भ्रमणमा थिए । भैंसेपाटी छलफललगत्तै ओलीले दाहाल र श्रेष्ठलाई बालुवाटार बोलाएर त्यहाँ भएको छलफलबारे जानकारी मागेका थिए ।
भैंसेपाटी छलफलमा सहभागी नेताहरु पूर्वसहमति अनुसार सभामुख पूर्वमाओवादीले पाउनुपर्ने पक्षमा छन् । छोटो प्रतिक्रियामा नेता गौतम भन्छन्, ‘पूर्वसहमति अनुसार जाँदा नै व्यवहारिक होला ।’

ओली र उनी निकट नेताहरु भने सभामुख पूर्वमाओवादीलाई दिन नहुने अडानमा छन् ।

तत्कालीन बामगठबन्धन रहेका एमाले र माओवादीले शक्ति बाँडफाँड गर्दा राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमाले र उपपराष्ट्रपति र सभामुख माओवादीले पाउने सहमति बनेको थियो । त्यसै अनुसार उनीहरुले पद बाँडेका थिए ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले जर्बजस्ती करणीको आरोप लगाएपछि असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । महराको राजीनामासँगै साढे तीन महिनादेखि सभामुख कसले पाउने भनेर पूर्वएमाले र पूर्वमाओवादीबीच विवाद थियो । यसको नेतृत्व दुई अध्यक्ष ओली र दाहालले गर्दै आएका छन् ।

सभामुखलाई लिएर राष्ट्रपतिको समेत चासो जोडिएपछि सभामुख चयनको विषय त्रिपक्षीय शक्ति संघर्षमा प्रवेश गरेको थियो, जसले यसलाई थप पेचिलो बनाइदिएको थियो ।

प्रधानमन्त्री एवं अध्यक्ष ओली सुवास नेम्वाङ्लाई सभामुख बनाउने पक्षमा छन् भने दाहालले अग्नि सापकोटालाई अगाडि सारेका छन् । राष्ट्रपति विद्या भण्डारीको सद्भाव र समर्थन उपसभामुख तुम्बाहाङ्फेलाई छ । पूर्वसहमति र शक्ति बाँडफाँड अनुसार सभामुख छाड्नै नसक्ने दाहालको अडान छ । तर, प्रधानमन्त्री ओलीले पार्टी एकता भएकाले ‘पूर्व–पश्चिम’को कुनै अर्थ नरहने र अनुभवी व्यक्ति सभामुख हुनुपर्ने बताएका छन् । राष्ट्रपति भण्डारीको साथ पाएपछि उपसभामुख तुम्बाहाङ्फेले आफूलाई सभामुखको प्रमुख दावेदार मानेकी छिन् । र, यो विषय कति पेचीलो बनेको छ भन्ने संकेत मंगलबार चितवन पुगेका अध्यक्ष दाहालले गरेका छन् ।

‘कहिलेकाहीं केन्द्रीय राजनीतिमा अलिअलि जटिलता देखा पर्छन् । काठमाडौंमा अलिअलि जटिलता छन् । मलाई समयको निक्कै दबाब थियो । जटीलता समाधान गर्नका लागि लगातार छलफल गर्नुपर्ने थियो । यस्तोबेला बाहिर नजान साथीहरुले भन्नुभएको थियो,’ दाहालले भनेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार