logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

मलाई सभामुख बनाउने निर्णय गर्नुस्, राजिनामा दिन्छु : तुम्बाहाम्फे


  • राजनीति
  • बिहिबार, माघ २ २०७६

उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको बताएकी छिन् ।

नुवाकोटको बेत्रावतीमा बुधबार आयोजित गोरु जुधाई प्रदर्शनी कार्यक्रममा उनले रिक्त सभामुख पदको लागि बाटो खुला गर्न आफू राजीनामा दिन तयार भएको तर सभामुख पदको उम्मेदवारमा आफू पनि दाबेदार रहेको बताएकी हुन् ।

“सो पदमा कि त पार्टीले उम्मेदवार सिफारिस गर्न सक्नुप¥यो, कि अडान त्याग गरेर नेतृत्वबिहीन बनेको संसद् सहज रुपमा सुचारु गर्न सहयोग गर्नुपर्छ ।” उपसभामुख तुम्बाहाम्फेले संसद् नचल्दा जनताका मौलिक हक तथा राष्ट्रिय सुरक्षासँग जोडिएका विभिन्न पाँच विधेयक प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाउन ढिलाइ भएको बताइन् ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार