राजनीति
नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरो अंतरगत तीन बटै जिल्लामा बिरोधका कार्यक्रम सम्पन्न भएको खबर प्राप्त भएकोछ । नेकपाका स्थायी सदस्य सुदर्शन र पोलिट्ब्युरो सदस्य पदम राईलाइ युवाको कार्यक्रममा सहभागी हुँदै गर्दा गिरफ्तार गरे पछि नेकपा आक्रोशित हुँदै चरण्वद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकोछ ।
यसैबीचमा फागुन ११ गते देशैभर प्रधानमन्त्री केपी ओलीको पुत्लादहन सम्पन्न गरेको छ । काठमाडौको अशनमा सुरक्षा घेरालाइ चुनौति दिदै पुत्लादहन गरेको थियो। त्यस्तै चावहिल,ललितपुर भक्तपुर लगाएयत मुलुकभर उक्क्त कार्यक्रम सम्पन्न गरेको स्रोतले जनाएको छ ।
सयोग मान्नु पर्दछ ११ गते नै प्रधानमन्त्रीको जन्मदिन भन्दै सामजिक संजालमा शुभकामना र केक काटेको तस्विर सार्वजनिक भएको थियो भने सोहि समयमा पुत्लादहनको तस्वीरलेपनी फेसबुकको भित्ता रङिएको देखिन्थ्यो ।