राजनीति
चर्चित नायिका रेखा थापाले बर्तमान सरकार तथा दलका नेताहरुलाइ राष्ट्रिय हित बिपरित काे एमसिसि सम्झौता गर्न के ले बाध्य बनाएकाे छ भन्दै प्रश्न गरेकीछ्न । उनले नेपाली जनतालाई स्पष्ट पार्न आग्रह गरेकि छिन् ।
बोल्ड नायिका थापाले एमसिसि राष्ट्रघाति भएको तर्फ संकेत गर्दै राष्ट्रियता संकटमा परेको बेता देशभक्तहरुकाे असली अनुुुहार चिनिने धारणा व्यक्त गरेकी छन ।
सामाजिक सन्जाल फेसबुक मार्फत लेख्दै उनले ‘देशभक्तहरुका असली अनुहार यही MCC को सवालमा देखिने भए’ ।
उनले एमसिसि पारित गर्नुपर्ने बाध्यता प्रति प्रश्न गर्दै ‘कुन बाध्यताले यती धेरै निर्लज्ज बनेर MCC को पक्षमा चाकरी गरिरहेका छन? जनताले तिरस्कार गरेको IPS/MCCको कुरामा किन ढिपी गर्नु परेको होला?
नायिका थापाले एमसिसि नेपाल मा जाेगाइदिए बापत कस्लले के पाउने भन्दै नेपाल गरिव देश नभइ भ्रष्ट नेता तथा याे ब्यवस्था दाेसि रहेको बताएकी छिन् । उनी लेख्छिन् ‘जाेगाए बापत कसलाई के के उत्थान र उपहार मिल्ने हो? सोझो कुरा के हो भने नेपाल पैसा नभएर गरीब भएको होइन ।’
हेर्नुस् स्टाटस
देशभक्तहरुका असली अनुहार यही MCC को सवालमा देखिने भए । कुन बाध्यताले यती धेरै निर्लज्ज बनेर MCC को पक्षमा चाकरी गरिरहेका छन? जनताले तिरस्कार गरेको IPS/MCCको कुरामा किन ढिपी गर्नु परेको होला? जोगाए बापत कसलाई के के उत्थान र उपहार मिल्ने हो? सोझो कुरा के हो भने नेपाल पैसा नभएर गरीब भएको होइन ।