राजनीति
सत्तारूढ दल नेकपा का दुई अध्यक्ष बिच सभामुख टुंगो लगाउन बिहान बाट भएको छलफल निश्कर्षहिन टुंगिएको छ ।
सत्तारुढ दल नेकपाका अध्यक्षद्वय सभामुख उम्मेदवारमा सहमति कायम गर्न सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीसँग परामर्श गर्न प्रचण्ड आइतबार बिहानै बालुवाटार पुगेका थिए ।
नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना पुग्दा पनि संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन । यसबीचमा पटक–पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको छ ।
उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले नेकपाले सभामुखको उम्मेदवार तय गरेपछि आफूले राजीनामा दिने बताएकी छन् । उनी आफैं सभामुखको दाबेदार हुन् र आफूलाई उम्मेदवार नबनाए राजीनामा नदिनेसम्मको चेतावनी उनले दिँदै आएकी छन् ।
नेकपाका दुवै अध्यक्षले सभामुखमा आ–आफ्ना पूर्वसमूहका नेताको नाम अघि सारेका छन् । प्रधानमन्त्रीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने प्रचण्डले अग्नि सापकोटा लगायतका नेताको नाम अघि सारेका छन् ।
सभामुख चयनमा पुर्व माओवादी र पुर्व एमाले बिच गुटगत स्वार्थ र अडान हुदा निश्कर्ष बिहिन भएको छ । बैठक मा दुई अध्यक्ष बिच दिउँसो सचिवालय बैठक बाेलाउने सहमति भएको छ ।