logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

निर्मल लामा माक्र्सवादलाई जनताको जीवनसँग अन्तरघुलित गर्ने व्यक्ति – प्रदेश प्रमुख शेरचन


  • रासस
  • सोमबार, माघ ६ २०७६

गण्डकी प्रदेशका प्रदेशप्रमुख अमिक शेरचनले निर्मल लामा माक्र्सवादलाई जनताको जीवनसँग अन्तरघुलित गर्ने व्यक्ति भएको बताएका छन् । निर्मल लामा स्मृति प्रतिष्ठानको छैंटौँ साधारणसभामा उनले लामा माक्र्सवाद प्रयोग र लागू गर्ने नेता भएको बताए ।

‘किताब पढेर माक्र्सवादको व्याख्या गर्ने धेरै नेता छन्’, उनले भने, ‘लामा सधैँ गरिब, सुकुम्वासी, निमुखा जनतासँग बस्ने, खाने उनीहरुको दुःखमा साथ दिने गर्नुहुन्थ्यो ।’ शेरचनले लामा पदको लागि कहिल्यै हानथाप नगर्ने आदर्श नेता भएको स्मरण गर्दै उनले पदमा आफू नबसेर सधैँ अरूलाई प्रस्ताव गर्ने गरेको उल्लेख गरे ।

उनले राष्ट्रियता मजबुत बनाउन जनताको जीवनस्तरसँग जोडिएका विभिन्न नीतिनियम संलग्न हुने उल्लेख गर्दै आम जनताले स्वीकार गर्ने नीतिनियम बनेमा मात्र राष्ट्रिता कमजोर नहुने टिप्पणी गरे । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष लिलामणि पोखरेलले वार्षिक प्रतिवेदन तथा भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष दिलसुन्दर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार