logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विप्लवमय बन्दै कालिकोट, जनसभा तिब्रतामा


  • राजनीति
  • सोमबार, माघ ६ २०७६

विप्लव नेतृत्वको नेकपा कालिकोटले खुल्ला जनसभाहरु तिब्रतामा गरिरहेको छ। नेकपा कालिकोट पार्टीको केन्द्रिय कार्यक्रम अनुुसार जिल्ला का विभिन्न ठाउँमा आफ्नो राजनीति तथा साँस्कृतिक अभियान तीब्ररुपमा अगाडि बढाएको छ ।

आज नरहरिनाथ गाउँपालिकाकाे रुप्साकाे राष्ट्रिय जनता माबिमा भब्य जनसभा तथा साँस्कृतिक सभा सम्पन्न भयाे। उक्त जनसभामा जनताकाे उल्लेखिय सहभागी रहेकाे बताइएकाे छ।

पछिल्लो समय कालिकाेटमा नेकपाले राजनीतिक तथा सांगठनिक गतिविधिहरु तिब्र बनाएकाे छ । सरकारले प्रतिबन्ध लगाएपनि कालिकाेेेेेटमा भने यसकाे कुनै प्रभाव देखिन्न ।

उक्त सभालाई जिल्ला स्तरका नेताहरुले सम्बाेधन गरेका थिए । कार्यक्रममा नेताहरुले आफ्नो पाटीलाई दलालहरु जबर्जस्त युद्धमा धकेल्न खोजेको भन्दै आपत्ति जनाए । उनिहरुले जनतालाइ बिभिन्नन सपना बाड्दै जनतालाई लुट्नेहरुले लुटपाट गरेको मा आक्राेश ब्यक्त गरे । कार्यक्रममा केन्द्रीय साँस्कृतिक टाेली सामना द्वारा जनवादी गितहरु प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार