राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले अमेरीका र रसियाले सिरियामा गरेको अन्यायपुर्ण आक्रमणको बिरोध गरेको छ । सङ्गठनले सोमबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पससहित उपत्यकाका सबै क्याम्पसहरुमा बिरोध प्रदर्शन गरेको छ ।
मानव अधिकारको रक्षाका लागि अपिल तथा उत्तर साम्राज्यवाद अमेरीकालाइ पछि हट्न चेतावनी दिदै सङ्गठनले प्रदर्शन गरेको क्रान्तिकारीले जनाएको छ ।अमेरीका र रसियाले मानव अधिकारको ठाडो उल्लंघन गर्दै सिरियामा गरेको आक्रमण निक्कै नै निन्दनीय भएको भन्दै क्रान्तिकारीले सांकेतिकरुपमा बिरोध प्रदर्शन गरेको सचिवालय सदस्य लोकेश बिश्वकर्माले बताएका छ्न ।

क्रान्तिकारीले “ब्याकअफ अमेरिका, मानवताको रक्षा गरौं, उत्तर साम्राज्यवाद -मुर्दावाद” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेको छ । त्यस्तै संगठनका महासचिव दिपेन्द्र चलाउने लगाएत गिरफ्तार नेता कार्यकर्ताको रिहाइको माग समेत गरेको छ
सिरियाली सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा युद्धविरामको प्रस्ताव पारित भएपछि पनि सिरियाली सरकारले हमला जारी राखेको हो ।

पछिल्लो हमलामा क्लोरिन जस्तै रासायनिक हतियारको समेत प्रयोग गरेको बताइएको छ । लामो समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा एक साता यतामात्र ५०० भन्दा बढी बालबालिका र ५ हजार बढी महिला पूरूष मारिएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् ।
राजधानी दमास्कस नजिकैको गुटा सहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको बताइएको छ । सो क्षेत्र अन्तर्राष्ट्रिय आतंकवादी समूह (आइएस) को अन्तिम गढ मानिएको छ ।
™