राजनीति
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई भक्तपुरबाट प्रहरीले गिरफ्तार गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमबार दिउँसो मध्यपुर ठिमी नगरपालिका–४, नयाँठिमीस्थित चारदोबाटोमा अपरिचित ब्यक्तिले स्थानीय ब्यापारीहरुलाई धाक धम्की दिई जवरजस्ती चन्दा असुली गरी हिडिरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको टोलीले भुवनसिंह तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले दावी गरेको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–९ बस्ने वर्ष ४४ का तामाङलाई नियन्त्रणमा लिएको महानगरीय परिसर भक्तपुरले मंगलबार जनाएको हो । पक्राउ परेका तामाङ प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको र उनी सिन्धुपाल्चोक जिल्लाको सेक्रेटरी समेत भन्ने बुझिन आएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।