logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवका युवाकाे सेना प्रहरीलाई अपिल, दलालसत्ताकाे नाेकर हाेइन राष्ट्रसेवक भयर संगै लडाै


  • राजनीति
  • बुधबार, माघ ८ २०७६

प्रतिबन्धाका बाबजुद विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन, नेपालले देशका विभिन्न ठाउँमा अन्तरक्रिया सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार युवा संगठनले मंगलबार देशका विभिन्न ठाउँमा अन्तरक्रिया गरेको हो ।

जाजरकोट
युवा संगठन नेपाल जाजरकोटले पनि “नेपाली राष्ट्रीयता माथी साम्राज्यवादी हस्तक्षेप ,बर्तमान राज्य ब्यबस्था र युवाहरुको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम नलगाड नगरपालिकाको वडा नम्बर -५सिर्केमा गरेको छ ।

कञ्चनपुर
युवा संगठन कञ्चनपुरले बेदकोट नगर क्षेत्रमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले राष्ट्रियता, स्वाभिमान रक्षाका लागि युवाको भूमिका प्रमुख हुने बताएका छन् । राष्ट्रियतामाथी साम्राज्यवादी हस्तक्षेप र वर्तमान राज्य व्यवस्थामा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले राष्ट्रियता रक्षाका लागि युवाको अहम भूमिका हुने बताएका हुन् ।कार्यक्रममा सहभागि युवा, विद्यार्थी, बुद्धिजीवि, नेताहरुले कालापानी सहित देशका विभिन्न भागमा भईरहेको सीमा अतिक्रमण भारतीय हस्तक्षेप, एमसीसी लगायतका विभिन्न राष्ट्रिय स्वाधिनतासंग जोडिएका विषयमा सरकारले गम्भिर हुनुपर्ने बताए ।

अछाम
युवा संगठन, नेपाल अछामले पनि केन्द्रीय कार्यक्रम अनुसार अन्तरक्रिया सम्पन्न गरेको छ । राष्ट्रिय स्वाधीनता काे पक्षमा देश व्यापि जागर ल्याउने उद्देश्यले उक्त कार्यक्रम काे आयाेजना गरिएको युवा संगठन अछामले जनाएको छ ।

विशेष जिल्ला
भेरी-कर्णाली ब्युरो अन्तर्गत विशेष जिल्लाले पनि ” नेपाली राष्ट्रियता माथि साम्राज्यवादी हस्तक्षेप, वर्तमान राज्यव्यवस्था र युवाहरूको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बाँके
युवा संगठन नेपाल, बाँकेले पनि अन्तरक्रिया सम्पन्न गरेको छ । संगठनका जिल्ला अध्यक्ष दिपेशको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख वक्ता दीप, ने.क.पा.का बाँके सचीव लगाएताकाे सहभागीता थियाे ।

सहभागि वक्ताहरुले लिम्पियाधुरा-लिपुलेक-कालापानी माथिको भारतीय अतिक्रमण, राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध सम्पूर्ण युवा-विद्यार्थीहरु एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरेका थिए।

कैलाली
युवा संगठन नेपाल कैलालीले पनि केन्द्रीय कार्यक्रम अनुसार ” नेपाली राष्ट्रियता माथी साम्राज्यवादी हस्तक्षेप, वर्तमान राज्यव्यवस्था र युवाहरुको भुमिका” विषयक अन्तरक्रिया सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख वक्ताका रुपमा सेती-महाकाली ब्युरो सदस्य तर्कराजले देशको विभिन्न भागमा भइरहेको सिमा अतिक्रमण भारतिय हस्तक्षेप , एनसीसी लगायतका विभिन्न राष्ट्रिय स्वाधीनतासङ्ग जोडिएका विषयमा सरकारले गम्भिर हुनुपर्नेमा जोड दिए ।

दाङ
दाङमा पनि अन्तरक्रिया सम्पन्न भएकाे छ । युवा संगठन दाङले आयोजना गरेको कार्यक्रम युवा संगठनका केन्द्रीय सदस्य वीरेन्द्रको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति नेपाल कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी भग्वानराजले राष्ट्रियताका लागि युवाले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहनु पर्नेमा जोड दिए ।

युवा संगठन नेपाल राप्ती ब्यूरो इन्चार्ज अनिलले नेपाली राष्ट्रियतामाथी साम्राज्यवादी शक्ति लगायतका विदेशी तत्वहरुले नेपालको राष्ट्रियता कमजोर बनाउने विषय अघि सारेकाले त्यसमा युवा सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न राजनीतिक संगठन र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्तिथिती रहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार