logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सभामुख चयनकाे भित्री रहस्य केपिसंग बदला लिएका थिए माधव बामदेवले ?


  • पत्रपत्रिका
  • बुधबार, माघ ८ २०७६

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अपमानित र उपेक्षित महसूस गरिरहेका एमाले नेताहरुले प्रचण्डलाई अघि सारेर केपी ओलीसँग बदला लिएका छन् ।

आफ्ना सबै इच्छा पूरा गर्दै आएका ओली यसपटक सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्थे । नेम्वाङलाई सभामुख चयन गराउन सफल भएको भए केपी ओली सर्वशक्तिमान शासक बन्ने निश्चित थियो । केपी ओलीको प्रस्तावमा विद्या भण्डारी राष्ट्रपति बनि सकेकी छिन् भने अख्तियार, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग र निर्वाचन आयोगजास्ता महत्त्वपूर्ण निकायमा पनि ओलीले आफू अनुकूलकै व्यक्तिलाई चयन गरिसकेका छन् ।

सभामुखसमेत आफ्नैलाई बनाउन सकेको भए ओलीका निम्ति सबै दृष्टिले अनुकूल परिस्थिति निर्माण हुने र ओलीसँग असहमत हुनेहरुले सधैँ संकुचित भएर रहनुपर्ने अवस्था हुन सक्थ्यो । संवैधानिक नियुक्तमा सभामुख र उपसभामुखको महत्त्वपूर्ण भूमिका हुने र संसदीय कामकारबाहीलाई सहज तुल्याउन सभामुखको निर्णायक भूमिका रहने हुनाले ओली आफ्नै मान्छेलाई उक्त जिम्मेवारी दिन दृढ थिए । केपीको नियत बुझेर एक थरी नेताहरु प्रचण्डलाई अघि सारेर एकजुट भए ।

आफ्नो मर्यादाक्रम घटाइदिएको र राष्ट्रियसभामा पनि आफ्नो भागमा एकजनामात्र सदस्य दिएको कुराले माधवकुमार नेपाल केपीसँग क्रुद्ध थिए भने राष्ट्रियसभा सदस्य चयन गरेर संविधान संशोधन गरी आफूलाई प्रधानमन्त्री बन्न सहयोग नगरेकोमा वामदेव गौतम पनि ओलीसँग ‘आगो’ थिए ।

यो समाचार आजको घटना र विचार साप्ताहिकमा प्रकाशित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार