logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा अध्यक्षकाे घरमा बम, गाउँपालिका र स्कार्पियाेमा आगजनी


  • राजनीति
  • बुधबार, माघ ८ २०७६

बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो।

यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आजगनी गरिएको छ। गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै आएका थिए। डिलाशैनी गाउँपालिका ३ पन्सेरास्थित अध्यक्ष पालकै घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ। पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ।

आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ। घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ।

डिलाशैनी गाउँपालिका केन्द्रको बिषयमा लामो समयदेखिको विवाद कायमै छ। राज्य पुनर्संरचनाका क्रममा डिलाशैनी गाउँपालिका–७ मा केन्द्र तोकिएको भएपनि हाल सम्पूर्ण कामकाज वडा नं ३ वाट हुँदै आएका छन्। नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ।

डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार