logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दिपक मनाङ्गे बिरुद्ध मुद्दा हाल्दै गुरुङ, के कार्वाही गर्ला त प्रहरी ?


  • राजनीति
  • बुधबार, माघ ८ २०७६

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध उजुरी दिने भएका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट गरेका थिए ।

त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गरी गुरुङले प्रदेशसभा सदस्य मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने बताए ।

उनले भने, ‘सार्वजनिक स्थानमा ममाथि किकबक्सिङ हानियो । मेरो ज्यानको सुरक्षा भएन ।’

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवं प्रशिक्षक कृष्ण थापाले प्रतियोगिताका नाममा भ्रष्टाचार भएको भनेर लगाएको आरोप प्रमाणित गर्न प्रदेशसभा सदस्य मनाङ्गेलाई चुनौती दिएका छन् । उनले भने, ‘हामीले भ्रष्टाचार गरेको भए जेल जान तयार छौं । होइन भने हामी चरित्र हत्या गरेकोमा कानूनी उपचार खोज्छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार