logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सापकोटा बिरुद्ध सर्वाेच्च रिट, के गर्ला अदालतले ?


  • राजनीति
  • शुक्रबार, माघ १० २०७६

प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका नेकपा नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले आइतबार व्यक्ति हत्यामा मुछिएका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सभामुख पदमा निर्वाचित गर्नबाट रोक्नुका साथै सभामुखको हाल भएको निर्वाचन प्रक्रिया समेत रोक्न रिटमा माग गरिएको छ ।

यस्तै सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न र उनलाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई समेत कारबाही गर्न माग गरिएको छ । यसैगरी मुद्दाको पेशी आइतबारको लागि तोकिएकाेे छ ।

माओवादी युद्धका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरेर हत्या गरेको आरोप सापकोटामाथि छ ।

यस सम्बन्धी अर्को मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ । हत्या आरोप लागेका सापकोटालाई सभामुख बनाउन लागेको भन्दै केही अधिकारकर्मीले विरोध समेत गर्दै आएका छन् ।

७ गतेको सभामुखको मनोनयन दर्तामा उनको मात्रै उम्मेदवारी परेकाले अब सापकोटा औपचारिक रुपमा सभामुख भएको घोषणामात्रै बाँकी छ । आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले उनलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्ने कार्यसूची रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार