राजनीति
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य हेमन्त प्रकाश ओली शुदर्शन १४ दिन पछि आज रिहा हुनु भएकोछ । तर सगै गिरफ्तार भएका पदम राई लाई भने अझै हिरासतमा नै राखिएको छ।
यता सात दिन अगाडि काठमाडौ बाट गिरफ्तार भएका बिद्यार्थी नेताहरु गणेश रैकाल,निगम भण्डारी र सन्तोष खड्का पनि आजै रिहा भएकाछन । भने गत शुक्रबार गिरफ्तार भएका क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने भने अझै हिरासतमा नै रहेकाछन ।
यसैबिचमा अखिल(क्रान्तिकारी) एक बिज्ञप्ती जारी गरि गिरफ्तार सबै नेता कार्यकर्ताको रिहाइका लागि संघर्षको कार्यक्रमको घोषणा गरेको छ ।