logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

६ हजार धरौटी रकम तिरेर छुटे सासद मनाङे : एन्फा अध्यक्ष गुरुङ अझै सात दिन थुनामा


  • आश तमु
  • आइतबार, माघ १२ २०७६

आश तमु , पोखरा -अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेको आरोपमा प्रहरीले प्रकाउ गरेका गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई ६ हजार रुपैया धरौटीमा रिहा भएका छन । आइतवार साझ साढे पाच बजेको समयमा जिल्ला प्रशाशन कार्यालय कास्कीले फागुन १३ गते हाजिर हुने गरी मनाङेलाई छाडिएको प्रशाशन स्रोतले जनाएको छ ।

एन्फा कास्की अध्यक्ष माथि कुटपिट काे बिसयलाइ लियर कास्की प्रहरीले लेकसाइडस्थित एक होटलबाट बिहिवार पक्राउ गरेको थियाेे ।अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद राजीव गुरुङ ‘दिपक मनाङे’विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

बुधबार गुरुङले गण्डकी प्रदेश सभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए ।यसअघि मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई झापड हानेका थिए ।

मनाङबाट आएका खेलाडीको व्यवस्थापनका लागि आफूले मागेको खर्च नदिएको भन्दै प्रदेश सांसद मनाङेले झापड हानेका थिए ।

एन्फा अध्यक्ष गुरुङ अझै सात दिन थुनामा

बैंकिङ कसुरमा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ ।

मिलनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार उच्च अदालत पोखराका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुभास पौडेलको संयुक्त इजलासले प्रहरीलाई अनुमति दिएको हो ।खातामा पैसा नदिएको चेक दिएको भन्दै मिलनविरुद्ध किटानी जाहेरी परेपछि शुक्रबार पक्राउ परेका थिए । मुख्यमन्त्री कपमा खेलाडीका लागि आवास तथा मैदान व्यवस्थापन नगरेको भन्दै सांसद राजीव गुरुङले मंगलबार मिलनलाई झापडसमेत हानेका थिए ।

राजीवबिरुद्ध जाहेरी दिएपछि मिलनविरुद्ध पनि बैंकिङ कसुर गरेको भन्दै जाहेरी परेको थियो ।

मिलनले बुधबार राजीवविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसको भोलिपल्ट बिहीबार राजीव पक्राउ परेपछि मिलनका विरुद्ध पनि जाहेरी परेको थियो । मिलन शुक्रबार पक्राउ परेका हुन् ।

हरिभक्त आचार्यले मिलनविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार बेलुका जाहेरी दिए । आचार्यले ओम गौरा जोस्टेल होटेलमा गएको भदौमा ३४ जनालाई मीलनको जिम्मामा खाने र बस्ने व्यवस्था मिलाएका थिए । साफ यु-१८ च्याम्पियनसिपका बेला तयारी टोली आचार्यको होटलमा बसेको थियो ।

मिलनले २ लाख रुपैयाँको चेक दिए पनि अहिलेसम्म नसाटिएको आचार्यले जाहेरीमा उल्लेख गरेका छन् । बक्यौता रकम मागेपछि केही दिनअघि मिलनले पोखरा क्रियटिभ हाउसका सञ्चालकमाथि पनि हातपात गरेका थिए ।

बैंकिङ कसुर अनुसार चेकमा उल्लेख भएको रकम पीडितलाई दिलाउने र ३ महिना जेल सजाय हुन सक्छ । बैंकिङ कसुर मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार