logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नवनिर्वाचित सभामुख अग्नि सापकोटाको शपथ ग्रहण सोमबार बिहान ११ हुने


  • राजनिती न्युज डेस्क
  • आइतबार, माघ १२ २०७६

पोखरा – नवनिर्वाचित सभामुख अग्नि सापकोटाको शपथ ग्रहण सोमबार बिहान ११ हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ गराउने छन । उनी आइतबार प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।

सापकोटा निर्वाचित भएको औपचारिक जानकारी राष्ट्रपति कार्यालयलाई गराएपछि सोमबार बिहान ११ बजेका लागि शपथ ग्रहणको समय निर्धारण गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ याेगीले जानकारी दिए।

शपथ ग्रहणपछि भोलि नै उनले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्ने छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार