राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पाल्पाको समरमुकाम नजिकै रहेको एनसेल टावरमा बम प्रहार गरेको छ । तानसेन नजिकै बगनासकालीमा रहेको एनसेल टावरमा बम प्रहार पुर्ण ध्वस्त भएको आशंका गरिएको छ ।
पाल्पा सदमुकाम नजिकै रहेको एनसेल टावरमा बम प्रहार भएको हो । तानसेन देखी नजिकैको स्थान बगनासकालीमा रहेको एनसेल टावरमा ठुलो आवाज सहित आगो बलेको स्थानियहरुले बताएका छन ।
अरबौ कर छलि गरेको भन्दै नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेल टावरलाइ निशाना बनाउदै आएको छ । पछिल्लो समय लगातअर जसाे एनसेलमाथि आक्रमण हुँदै आएको छ ।