logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

घरबाट टावर र मोवाइलबाट सिम हटाउन विप्लव नेकपाको अपिल


  • राजनीति
  • सोमबार, माघ १३ २०७६

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा पाल्पाले बहुराष्ट्रिय सेवाप्रदायक कम्पनी एनसेलका टावरहरु घरबाट हटाउन घरधनिलाइ अपिल गरेकाे छ ।

विप्लव नेतृत्वको नेकपा का पाल्पा इन्चार्ज पुर्ण बहादुर सिंह र सेक्रेटरी भुवन जिसिद्वारा आइतबार साझ विज्ञप्ति जारी गर्दै नेपाली जनतालाई लुटने अर्वाै कर छलि गर्ने एनसेलकाे टावरहरु घरबाट यथासिघ्र हटाउन र एनसेलकाे सिमहरु बहिस्कार गर्न भनिएकाे छ। मुलुक लुट्ने एनसेललाइ बढार्ने जनसंर्षमा सहयोग गरी सम्भावित खतरा बाट टाढा रहन अपिल गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘हाम्रो गाैरवशालि पार्टी भयानक निरनशालाइ नयाँ आसामा, गम्भीर बिचलनलाइ दृढ प्रतिज्ञामा, अविस्वासलाई नयाँ विस्वासमा र प्रतिक्रान्तीलाई नयाँ क्रान्ति मा पुर्नरसंगठित गर्दै एकीकृत जनक्रान्तीकाे राजनीतिक कार्यदिशा दलाल पुजीवादी सत्ताकाे खरानिमा बैज्ञानिक समाजवाद काे स्थापना गरि आम नेपाली जनता र हाम्रो राष्ट्र काे नयाँ भविस्य जीवन र मानव सभ्यताको निर्मनण गर्ने महान अभियान एव आन्दोलनमा अबिचलित ढंगले निरन्तर अघि बढिरहेछ’।

यस्तै विज्ञप्तिमा वर्तमान सरकार ले बिकृत भएको भन्दै भनिएकाे छ ‘सामाजिक दलाल पुजीवादीहरुकाे सरकारले दलालि भ्रष्टाचार तस्करी महंगि कालाबजारी चर्काे कर लगायत कु कार्य बेलगाम गरिरहेकाे छ । आफ्नो जनबिराेधी र राष्ट्र घाति कार्य र दलाल पुजीवादी ब्यवस्थाकाे असफलता र अलाेकप्रियता ढाकछोप गर्न हाम्रो जनप्रिय पार्टी माथि कथित प्रतिबन्ध लगायर फासिवादी दमन गरिरहेकाे छ। बैदेशिक हस्तक्षेप र फासिवादी दमनकाे प्रतिराेध गर्दै राष्ट्रियता जनतन्त्र र जनजिविकाका पक्षमा हाम्रो पार्टी निरन्तर जनसंघर्षकाे नेतृत्व गरिरहेकाे सर्वविदितै छ’ ।

विज्ञप्ति काे अन्तमा एनसेलका सिमहरु बहिस्कार गर्न तथा एनसेलका टावर घर हटाउन अपिल गर्दै भनिएकाे छ ‘भ्रष्ट दलाहरुले कमिसन खाएर राज्यलाई अर्बौं कर नतिर्ने र जनतालाइ ब्रह्म्मलुट गर्ने एनसेलको खुलेआम सरक्षण गरिरहेका छन तर हाम्रो पार्टीले त्यसका बिरुद्धमा निरन्तर भन्डाफोर र जनप्रतिरोध गरिरहेको छ । आजैका दिनदेखि घर आगन घरको छतमा राखिएका एनसेल टावरहरु हटाउन र एनसेलको सिम बहिष्कार गर्न आम जनसमुदायलाइ पार्टी अपिल गर्दछ । एनसेल बढार्ने जनसंर्षको क्रममा हुन सक्ने सम्भावित खतरा प्रती सचेत रहन पनि आम जनसमुदायलाइ अग्रीम जानाकारी गर्दछौ’ ।

हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार