logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मध्यरात राैतहट र माेरङ्गका एनसेल टावरमा शक्तिशाली बम प्रहार


  • राजनीति
  • आइतबार, माघ १२ २०७६

राैतहट स्थित रौतहट चन्दपुर नगर्पालिका वडा न.2 जुडिबेला मा रहेकाे एनसेेेलकाे टावरमाथि बम प्रहार गरि आगजनी गरिएको छ । आइतबार राति ११:२५ मा उक्त टावरमाथि आक्रमण भएको बुझिएकाे छ ।

आगजनी बाट टावर पुर्ण रुपमा ध्वस्त भएको बताइएको छ। यसबारे थप विवरण आउन बाकि छ ।

यस्तै माेरङ्गकाे  केराबारी २ स्थित रहेको एनसेल टावरमा आज साँझ बम बिष्फोट भएको छ । एनसेल टावरमा अज्ञात समुहले बम विष्फोट गरेको हो ।

बम विष्फोट पछि ठुलो आवाज आएको स्थानियले बताएका छन् । घटनास्थल तर्फ केराबारी प्रहरी टोली जादै गरेको जानकारी प्राप्त भएको छ । दुईदिन अघि मात्रै केराबारी गाँउपालिकाको कार्यालयमा आगजनी तथा बम विष्फोट भएको थियो ।

घटना कसले गर्यो ?  कति क्षति भयो भन्ने यकिन भएको छैन । क्षति तथा घटनाको बारेमा थप विवरण आउन भने बाँकी छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार