logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

हौसिएका नव नियुक्त सभामुखको ओली मोह ! सचेतक गुरुङ लगाएत बरिष्ठ नेतालाई बाइपास{भिडियो}


  • राजनिती न्युज डेस्क
  • सोमबार, माघ १३ २०७६

पोखरा – लामो तनाब र खिचातानीका बीच प्रतिनिधिसभाको आइतबारको बैठकबाट सत्तारुढ नेकपाका नेता अग्निप्रसाद सापकोटा सर्वसम्मत रुपमा सभामुख घोषित भए।

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा थुनामा परेपछि गत असोजदेखि रिक्त सभामुख पदमा सापकोटाको एकल उम्मेदवारी परेको थियो। प्रमुख प्रतिपक्षी कांग्रेस र अर्को प्रतिपक्षी समाजवादी पार्टीले सभामुख उम्मेदवारी दिएन।

संसद बैठकको अध्यक्षता गरेका प्रतिनिधि सभाका जेष्ठ सदस्य राजपा संसदीय दलका नेता महन्थ ठाकुरले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरे।

बैठकको अध्यक्षता गरिरहेका महन्थ ठाकुरले प्रतिनिधिसभाको बैठक समापन गरेको घोषणा गरे लगत्तै आफ्नो कुर्चीबाट हौसिएर उठेका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई छेवैमा बसेकी पुर्व सभामुख ओनसरी घर्तीले सबैभन्दा पहिले खादा लगाएर बधाई दिएकी थिइन। सापकोटासंगै अर्कोतर्फको कुर्चीमा बसेकी नेत्री पम्फा भुसाललाई समेत नवनियुक्त सभामुख सापकोटाले हेरेनन्।

त्यसपछि एकदुई जना सांसदको बधाई लिएका नवनियुक्त सभामुख सापकोटाको आँखा धेरै पर अगाडी बसेका प्रधानमन्त्री केपी शर्मा ओलीतिर गैरहेको थियो। आँखा र ध्यान प्रधानमंत्रीतिर लगाएका नवनियुक्त सभामुख सापकोटाले प्रुख सचेतक देव गुरुङको बधाई पनि लिएनन। बधाई दिन हात अघि बढाएका गुरुङलाई समेत सापकोटाले देखेनन्। त्यहाँबाट अघि बढेका सापकोटाले पार्टीका बरिष्ठ नेता झलनाथ खनाललाई आफ्नै अघिबाट बधाई दिन लागेको पनि देखेनन्। उनले “पहिला उता” भन्दै औंलोले इशारा गरेर दगुर्दै प्रधानमन्त्री ओलीतिर दगुरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार