logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सपथ ग्रहण बिथोल्न खोज्ने १२ जना शितल निवास बाट गिरफ्तार


  • राजनीति
  • सोमबार, माघ १३ २०७६

नव निर्वाचित सभामुखलाइ सपथ ग्रहणको बेला राष्ट्रपति कार्यालय शीतलनिवासबाट १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुख अग्नि सापकोटाको शपथ ग्रहण कार्यक्रमको विरोध जनाउने क्रममा चरण प्रसाईसहित मानवअधिकारकर्मीहरू पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले निशेधित क्षेत्र तोड्ने खोज्दा उनीहरुलाई पक्राउ गरेको बताए ।

पक्राउ पर्नेमा प्रसाईसहित पूर्णिमाया लामा, महानुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, नीराजन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण घिमिरे, जेश्लीना राना, प्रशान्त त्रिपाठी र राजन कुइँकेल छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार