पोखरा – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरी सिसम शाही र जिल्ला समिति सदस्य दुर्गा बल पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलीले मकवानपुरसँग सीमा जोडिएको चन्द्रपुर–३ इपिलघारीबाट दुबैजनालाई मंगलबार बिहान ४ बजे पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।
शाहीलाई चन्द्रपुर–३ स्थित इन्द्र थिङको घरबाट र दुर्गालाई उनकै घरबाट पक्राउ गरिएको जनाइएको छ । नेकपाले देशभरका एनसेल टावरमा ब म वि स्फोट र आगजनी गर्न थालेपछि प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो ।