logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवका कार्यकर्ता पक्राउ गर्दा गोली लागेर प्रहरी घाइते


  • राजनीति
  • मंगलबार, माघ १४ २०७६

पश्चिम नेपालको बर्दियामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाइते भएका छन्।

बर्दिया जिल्लाको मधुवन–४ मौवास्थित नहर छेउबाट विप्लका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा आफैँले बोकेको हतियार पड्किएर एकजना प्रहरी जवान घाइते भएका हुन्। 

बर्दिया जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र खड्का अनुसार कुममा गोली लागेर घाइते भएका ती प्रहरी जवानलाई जिल्ला अस्पतालमा उपचारपछि अन्यत्र पठाइएको छ। 

त्यसक्रममा प्रहरीले विप्लव नेकपाका रोहित सुनार र जयबहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको छ। 

पक्राउ परेका विप्लवका कार्यकर्ताको साथबाट प्रहरीले दुईवटा मोटरसाइकल सहित अन्य सामग्री बरामद गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार