राजनीति
पार्टी एकता पश्चात् सत्तारूढ दल नेकपाकाे पहिलाे बैठक राष्ट्रिय सभा गृहमा चलिरहेको छ । माओवादी एमाले काे एकता पश्चात् पार्टीको यश बैठकले के कस्ता निर्णय गर्छ सबै काे ध्यान केन्द्रीकृत भएको छ।
यश पालिकाे बैठकमा व्यानरबाटै कम्युनिस्ट गुरुहरु कार्ल माक्स, लेनिन, स्टालिन, माओका फाेटा हटाइएका छन् जसकाे ठाउँमा स्वर्णिय मदन भण्डारी र जिवित दुई अध्यक्ष का फाेटा राखिएको छन् । तर बैठकमा सहभागी ले भने आश्यर्य चकित भएका छन् । जसका कारण बैठकमा केहिबेर हंगामा नै भयाे ।
प्रधानमन्त्री तथा पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीले दुई घण्टा लामो सम्बोधन गरेर हिँडेलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा हंगामा मच्चिएको छ ।
दुई अध्यक्षको फोटो राखिएकोदेखि अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयलाई अलग एजेण्डा नराखिएकोमा २८ जना नेताले उठेर आपत्ति जनाएका हुन् ।
ओली हिँडेलगत्तै ‘कार्यकारी अध्यक्ष’ प्रचण्डले बैठक अघि बढाउन खोज्दा केन्द्रीय सदस्यहरु उठेर कार्यसूची सच्याउन माग गरे । महासचिव विष्णु पौडेलले बैठकका कार्यसूची सुनाउन थालेपछि भीम रावल,अष्टलक्ष्मी शाक्यसहितका नेताहरुले केही विषय अलग एजेण्डासहित छलफल हुनुपर्ने माग गरेका थिए ।
‘फोटो टाँग्ने निर्णय कसले गरेको हो ? आज हटाउन लाज हुन्छ भने अर्को बैठकमा हटाउनुस, राजाहरुको जस्तो भयो यो त’ केन्द्रीय सदस्य राजेन्द्र राईले भने ।
एमसीसीको विषय राजनीतिक प्रतिवेदनमा सामान्य रुपमा उल्लेख भएको भन्दै केन्द्रीय कमिटीमा यसलाई अलग्गै एजेण्डाका रुपमा छलफल हुनुपर्ने माग अधिकांश सदस्यको थियो । त्यस्तै पोलिटव्यूरो गठनको एजेण्डा पनि अलग्गै चाहिने भन्दै यही केन्द्रीय कमिटीबाट पोलिटव्यूरो गठन हुनुपर्ने उनीहरुको माग छ ।
केन्द्रीय सदस्यहरुले कालापानीमा सीमा अतिक्रमणको विषय पनि अलग्गै एजेण्डामा छलफल हुनुपर्ने माग गरेका छन् । महिला नेताहरुले ३३ प्रतिशत प्रतिनिधित्वको विषयलाई एजेण्डा बनाउन माग गरेका छन् ।
बैठक हलमा दुई अध्यक्ष ओली र प्रचण्डको फोटो राखिएकोमा समेत नेताहरुले आपत्ति जनाएका छन् ।
बैठक अघि बढाउन लागेकै बेला केन्द्रीय सदस्य राजेन्द्र राईले बैठक हलमा अध्यक्षद्वयको फोटो राखिनु राजतन्त्रको झल्को भन्दै अर्को बैठकमा हटाउन सुझाव दिए । ‘फोटो टाँग्ने निर्णय कसले गरेको हो ? आज हटाउन लाज हुन्छ भने अर्को बैठकमा हटाउनुस्, राजाहरुको जस्तो भयो यो त’ उनले भने ।
अर्का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पनि कम्युनिस्ट पार्टीको बैठकमा अध्यक्षको फोटो राख्ने निर्णय कुन कमिटीबाट भएको हो भन्दै कटाक्ष गरे । ओली हिँडिसकेकाले उनले प्रचण्डलाई ‘तपाईंलाई यो फोटो देखेर आनन्द लागेको छ ? भनी प्रश्न गरेका थिए ।
खतिवडाले भने–पार्टी बैठकमा नेताको फोटो राख्ने निर्णय कुन कमिटीबाट कहिले भएको हो ? अध्यक्ष कमरेड तपाईलाई यो फोटो देखेर कार्यकर्ता खुसी भएका होलान् जस्तो लाग्छ ? तपाईहरुलाई आनन्द लागेको छ ।
नेकपा बैठक हलमा ९ जना सचिवालय सदस्य बस्ने मन्चको दाया केपी ओली र बायाँतिर प्रचण्डको फोटो राखिएको छ । ब्यानरमा भने नेकपाका संस्थापक महासचिव पुष्पलाल र तत्कालिन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको तस्वीर राखिएको छ । यसअघि पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको फोटो सँगै राख्ने गरिएको थियो ।
नेकपा बैठकमा यसपटक मार्क्स , एंगेल्स, लेनिनसहितका अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नेताहरुको तस्वीर हटाइएको छ । यसअघि कम्युनिस्ट पार्टीका हरेक कार्यक्रममा मार्क्स लेनिनहरुको फोटो राख्ने गरिएको थियो । मनमोहन र मार्क्स, लेनिनको फोटो हटाइएकोमा पनि नेकपाका केन्द्रीय सदस्यहरुले अचम्म मानेका छन् ।