logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा बैठक : प्रतिवेदनमा ओली पक्ष विभाजित ‘घेर्ने’ किन राखियाे ?


  • राजनीति
  • शुक्रबार, माघ १७ २०७६

सत्तारूढ दल नेकपाकाे २० महिनापछि पहिलो पटक केन्द्रीय समितिकाे बैठक चलिरहेको छ । बैठकमा अध्यक्ष द्वय केपी शर्मा ओली र प्रचण्ड ले प्रस्तुत गरेकोे राजनीति प्रतिबेदन माथि ग्रुप बनायर छलफल सुरु गरिएकाे छ ।
अध्यक्ष प्रचण्डले लेखेकाे भनिएको उक्त प्रतिवेदन बारे पुर्व एमालेमा बिभाजन आएको छ ।

पुर्व एमाले काे बिभाजन सगै पुर्व माओवादी लाई भने ग्रुप नेतृत्व छान्ने प्रचण्डका बिषयमा सपाेट गर्ने माहाेल बनेको छ । खासगरि प्रतिवेदनमा साम्राज्यवाद काे बिस्लेपण एमसिसि लगायतका थुप्रै बिषयमा पुर्व एमालेहरु सहमत देखिन्न ।

एमसीसीसँगै नेकपा केन्द्रीय सदस्यहरुको समूहगत छलफलमा अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको ब्याख्या सम्बन्धमा समेत प्रश्न उठेको छ । प्रधानमन्त्री ओलीनिकट नेताहरुले राजनीतिक प्रतिवेदनमा उल्लेखित इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्न ल्याइएको भन्ने शब्द अनावश्यक रहेको भन्दै नेपाल शक्तिराष्ट्रको विवादमा फस्न नहुने बताएका थिए ।

१३ नम्बरको समूहमा रहेका प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले छलफलमा भाग लिँदै अमेरिकाले चीनलाई घेर्ने रणनीति बनाउँदैछ भनेर नेकपाले प्रतिवेदनमा लेख्नु ठीक नभएको बताएका थिए । उनले चीन र अमेरिकाको सन्दर्भमा अलग–अलग चर्चा गर्नु परिपक्वता हुने सुझाव दिएका थिए ।

प्रधानमन्त्री तथा पहिलो बरियताका अध्यक्ष ओलीको समेत हस्ताक्षर रहेको राजनीतिक प्रतिवेदनमा उल्लेखित इण्डो प्यासिफिक रणनीतिसम्बन्धी विश्लेषणमा ओलीनिकट नेताहरुको आपत्ति आउनुले त्यो विषय प्रचण्डको जोडबलमा आएको अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओली त्यसमा सहमत नभएको संकेत सरकारका प्रवक्ता समेत रहेका नेकपा नेता गोकुल बास्कोटाले विहीबारको पत्रकार सम्मेलनमै गरिसकेका छन् । बास्कोटाले कसले कसलाई घेर्न रणनीति बनायो र कसले कसलाई छेक्न अर्को रणनीति बनायो भनेर ब्याख्या गर्ने आधिकारिक ब्याख्याता नेकपा नभएको बताएका थिए ।

प्रधानमन्त्री ओली पार्टीको राजनीतिक दस्तावेजबाट अमेरिका र चीनलाई जोडेर राखिएका घेर्ने लगायतका शब्द हटाउने पक्षमा रहेको स्रोतले जनाएको छ । मुलुक सञ्चालन गरिरहेको पार्टीले कुनै पनि मित्र राष्ट्रका बारेमा कूटनीतिक मर्यादा विपरीतका शब्दहरु राख्न नमिल्ने सञ्चारमन्त्री बास्कोटाले बताए ।

नेकपाले यसअघि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद जस्ता शब्द प्रयोग गथ्र्यो । तत्कालीन एमालेले केही वर्षदेखि ती शब्दमा संंशोधन गरी ‘साम्राज्यवादी चरित्र’ मात्र भन्न थालेको थियो । पछिल्लो समय नेकपाले पनि मुलुक किटेर त्यस्ता शब्द प्रयोग गर्न छाडेको छ ।

यस्तै राजनीतिक र संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि छलफल गर्न नेकपाले २९ जना सदस्य बराबर एक समूह गठन गरी जम्मा १५ वटा समूहमा विहीबार छलफल गरायो ।

१५ मध्ये १४ वटा समूहले विहीबार टोली नेताहरु चयन गरे पनि १० नम्बर समूहले शुक्रबार मात्र नेता चयन गर्ने भएको छ । विवादले गर्दा नभएर सहमतिमै नेता चयन शुक्रबार गर्ने भनिएको टोलीमा रहेका केन्द्रीय सदस्य माधव ढुंगेलले बताए ।

बाँकी ६ समूहका टोली नेतामध्ये ओली पक्षका ३ जना र माधव नेपाल पक्षका तीनजना परेका छन् । ओली पक्षका विन्दा पाण्डे, भगवती चौधरी र खिमलाल भट्टराई टोली नेता बनेका छन् भने नेपाल पक्षका जगन्नाथ खतिवडा, राजेन्द्र राई र ठाकुर गैरे परेका छन् ।टोली नेता चयन गर्दा पूर्वएमालेका ओली गुट र माधव नेपाल गुटबीच एकले अर्कोलाई स्वीकार गर्न नमान्दा पूर्वमाओवादी पक्षले फाइदा उठाएको छ । १४ समूहबाट टोली नेता चयन हुँदा ७ जना पूर्वमाओवादीबाट परेका छन् । समूह १ मा पूर्वएमालेका आनन्द पोखरेल र पूर्वमाओवादीकी उर्मिला अर्याल दुवैलाई नेता भनिएको छ ।

१४ नम्बर समूहको टोली नेता पूर्वमाओवादीका राम कार्कीलाई तोकिएको छ भने उपनेतामा निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङफेलाई राखिएको छ । तुम्बाहाङ्फे मंगलबार केन्द्रीय कमिटीमा मनोनित भएकी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार