logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पौडेल ह’त्या काण्ड : ५ प्रहरीलाइ कारवाही गर्न गृहको निर्देशन


  • राजनीति
  • सोमबार, माघ २० २०७६

नेपाल सरकारको गृह मन्त्रालयले ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको ह त्या प्रकरणमा मुछिएका ५ सुरक्षाकर्मीमाथि कारवाही थाल्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

गृहसचिव प्रेमकुमार राईले राजीनामा दिएकै दिन माघ १७ गते सिफारिस कार्यान्वयनको जानकारी राष्ट्रिय मानवअधिकार आयोगमा पुगेको छ ।

विप्लवका सर्लाही इन्चार्ज पौडेललाई प्रहरी नियन्त्रणमा लिएर ९ गोली हानिएको निष्कर्षसहित आयोगद्वारा घटनामा संलग्न ५ सुरक्षा अधिकारीमाथि कारवाही गर्न सरकारलाई ३ महिनाअघि नै सिफारिस गरेको थियो ।

मानव अधिकार आयोगको सिफारिसअनुसार कारवाहीको समयसिमा गुज्रेपछि गृह मन्त्रालयले बल्ल आयोगलाई कारवाहीबारे जानकारी दिएको छ ।

आयोगले ३ महिनाभित्र कारवाही गरी जानकारी पठाउन गत कात्तिक ५ गते सिफारिस गरेको थियो ।

कारवाहीको जानकारी पठाउने म्याद भने माघ ५ मै सकिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार