राजनीति
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका ब्युरो इन्चार्ज माइला लामा र अर्का केन्द्रीय सदस्य नबिन विक सहित ४ जनालाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको छ ।
हिजाे उच्च अदालत पाटनको आदेशमा आइतबार रिहा भए लगत्तै माइला, नविन, अनेम संघ (क्रान्तिकारी)का केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्यय र इश्वर दमाईलाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको हो । बम बिस्फोटको मुद्धामा थुनामा राख्ने ललितपुर जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । तर उनिहरू बिरुद्ध प्रहरीमा अर्को मुद्धा रहेको भन्दै अदालत परिसरबाटै उनीहरूलाई पुनः गिरफ्तार गरिएको हो ।
अदालत परिसर भित्र हत्कडि लगाइएका नेता लामाले पत्रकारहरुसंग सम्क्षिप्त प्रतिक्रिया दिदै ओली प्रचण्ड १७ हजार नेपाली जनता काे हत्यारा भएको बताएका छन उनले जनताका न्यायपुर्ण आवाजलाइ कैद गर्न आफुहरुलाइ विभिन्न षड्यन्त्र मा फसाउन खाेजेकाे बताए ।
ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालय नख्खुमा फागुन १० गत भएको बम विस्फोटको घटनामा संलग्न रहेको भन्दै लामासहित उनीहरूलाई पुर्पक्षमा पठाउने आदेश गरेको थियो । जिल्ला अदालतको उक्त आदेशलाई उच्च अदालतले बदर गर्दै रिहा गर्न आदेश दिएको हो । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहाईको आदेश दिएको थियो ।
यसैबीच फोटो खिच्न अदालत पुगेका पत्रकारहरुलाई समेत प्रहरीले गिरफ्तार गरेको छ । नेकपा नेताहरु रिहा हुने जानकारी पाएपछि रिपोर्टिङका लागि अदालत परिसर पुगेका ३ पत्रकारलाई प्रहरीले गिरफतार गरेको थियो । पत्रकारहरु अथक मासिकका प्रकाशक तथा प्रधानसम्पादक खम्बु चन्द, अनलाइन डबली डटकमका सम्पादक पत्रकार धनन्जय बुढा र रेडियो मिर्मिरेका पत्रकार शाहस भट्टलाई प्रहरीले गिरफ्तार थियो । तर उनीहरुलाई प्रहरीले ३ घण्टापछि रिहा गरेेेेेकाे थियो ।