चितवन – विप्लव नेकपाका नेता गुणराज लोहनी फेरि पक्राउ परेको छ । प्रतिबन्धित नेकपाको गतिविधिमा सक्रिय रहेको सूचनाका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । यद्यपि लोहनी नेकपाको केन्द्रिय समिति बाट स्वास्थका कारण बिदा लिएका ब्याक्ती हुन । पछिल्लो समय उनि राष्ट्रिय जागरण मन्च मार्फत राष्ट्रियता र जनजिविका सम्बन्धि कार्यक्रम संचालन गर्दै आएका थिए।
‘काठमाडौंबाट आएको विशेष ब्युरोले पक्राउ गरेर जिम्मा लगाएको चितवन जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।
यस अघि लोहनी कात्तिक ५ मा पनि पक्राउ परेका थिए। चितवन जिल्ला प्रशासनमा ‘अभद्र व्यवहार’ मुद्दामा पाँच हजार धरौटी बुझाएर उनी छुटेका थिए।
स्वास्थ्यमा समस्या रहेको भन्दै उनलाई छुट्टी दिएको नेकपाले जनाए पनि पार्टीकै गतिविधिमा संलग्न भएको भएको भन्ने प्रहरीको आरोप रहेको छ । यसअघि प्रतिबन्धित नेकपाले लोहनीलाई पार्टीले जिम्मेवारीबाट मुक्त गरेको जानकारी सार्वजनिक गरेको थियो।