logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मन्त्रीहरुकाे गुनासो प्रधानमन्त्री ‘मालिक’ हामी ‘नाेकर’


  • पत्रपत्रिका
  • मंगलबार, माघ २१ २०७६

वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट देखिन्छन् ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा बाहिर आउँछन्,’ पूर्वएमालेकै तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले भने, ‘मन्त्रिपरिषद्मा उहाँ र हामीबीचको सम्बन्ध नोकर र मालिकको जस्तै हो ।’

उनका अनुसार ओली अहिले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका गोकुल बाँस्कोटाबाहेक अरु सबैको एजेन्डामाथि रुखो ढङ्गले केरकार गर्छन् । अरुका कुरा कम सुन्छन् र आफ्ना धारणा धेरै राख्छन् ।

‘कतिसम्म भने उहाँ आफ्नै विश्वासमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रपति प्रदीप ज्ञवालीको कुरा पनि राम्रोसँग सुन्नुहुन्न, ’ ती मन्त्रीले भने, ‘उहाँहरुको एजेन्डामा समेत अति सोधपुछ गरेको देखेर हामी छक्कै पर्छौं ।’

ओली मन्त्रीहरुसँग मात्रै होइन सचिवहरुसँग पनि कडा मिजासमा प्रस्तुत हुन्छन् । ओलीको शैलीकै कारण पनि उनीसँग रुष्ट हुनेको सङ्ख्या धेरै रहेको टिप्पणी मन्त्रीहरु गर्छन् ।

तर ओलीनिकट मानिने केन्द्रीय सदस्य उनी यही शैलीका कारण यहाँसम्म आइपुगेको बताउँछन् । ‘उहाँलाई पार्टीभित्रै घेराबन्दीमा पार्दा पनि यही शैलीकै कारण यहाँसम्म आइपुग्नुभएको हो,’ ओलीनिकट केन्द्रीय सदस्य विशाल भट्टराई भन्छन्, ‘स्वास्थ्य अनुकूल रहँदासम्म र उहाँ खट्न सकुन्जेलसम्म प्रधानमन्त्रीज्यूका लागि अरु केही कुरा प्रतिकूल छैन ।’
कान्तिपुर दैनिकमा समाचार छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार