logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भ्रष्ट जनप्रतिनिधि र एनजीओमाथि निगरानी राख्ने नेकपा कालिकोटकाे निर्णय


  • राजनीति
  • मंगलबार, माघ २१ २०७६

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा कालिकोटको काे ११पुर्ण बैठक महत्वपूर्ण निर्णयहरु गरि सम्पन्न भएको छ ।

जिल्ला सेक्रेटरी रणदिपकाे अध्यक्षतामा सम्पन्न बैठकले समग्र दशकाे राजनीति अवस्था काे समीक्षा गर्दै कालिकोट मा संचालित अभियान भव्य सान्दार रुपमा सम्पन्न भएकाे निश्कर्ष निकालेको छ ।

स्थानीय सरकारमा भएको बेथिति एनजीओका कारण आएका समस्याहरुकाे बारेमा समीक्षा गर्दै बैठकले केही महत्त्वपूर्ण निर्णय गरेको छ । राष्ट्रिय राजनीति मा कांग्रेस सरकारि नेकपाकाे लुटकाे भण्डाफाेर गर्ने एमसिससि लगायतका राष्ट्रघति सम्झाैता बिरुद्ध बिराेधका कार्यक्रमहरु चलाउने र एनजीओ तथा स्थानीय निकायकाे गतिविधिमा निगरानी राख्दै आवश्यक कार्वाही अगाडि बढाउने निर्णय गरेको बताइएकाे छ ।

साथै अघिल्लो अभियानकाे समीक्षा गर्दै थप १ महिने जिल्लाब्यापि अभियान चलाउनेे निर्णय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार