logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमसिसि लागू गर्नेबारे साेच्न पनि सकिँदैन : नेता रावल


  • राजनीति
  • मंगलबार, माघ २१ २०७६

नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) नेपालमा लागू हुनै नसक्ने बताएका छन्।

देशभक्त गणतान्त्रिक मोर्चा नेपाल केन्द्रीय समितिले मंगलबार काठमाडौंमा गरेको ‘एमसिसी तथा लिम्पियाधुरा कालापानी लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधीनताको प्रश्‍न’ सर्वपक्षीय अन्तरक्रियामा बोल्दै नेता रावलले एमसिसीबारे सोच्‍न पनि नसकिने बताएका हुन्।

‘नेपालमा एमसिसी लागू गर्ने कुरा मात्रै नभएर त्यसबारे सोच्‍नसमेत सकिँदैन’, रावलले भने, ‘नेपालको संविधान भन्दा माथि रहेको सम्झौता लागू भएमा भोलि अमेरिकाले चाहे अनुसारको कानुन बनाएर नेपालमाथि लगाउँछ।’

अमेरिकाले प्रकाशित गरेको प्रतिवेदनमा एमसिसी इन्डो प्यासिफिक सैन्य रणनीतिकै अंश भएको स्षप्टरूपमा खलासकेको पनि जानकारी दिए। ‘अमेरिकाकै लिखित दस्तावेजलाई नमानेर आफू खुसी भनाइ व्यक्त गर्नुको अर्थ छैन’, उनले भने, ‘एमसिसी सम्झौता नेपालको संविधान विपरीत छ। यदि एमसिसी लागू भएमा भविष्यमा अमेरिकाले बनाउने कानुन नेपालले स्वीकार गर्नुपर्ने बाध्यता आइलाग्छ।’

नेता रावलले एमसिसीको विरोध गर्दा आफूमाथि विभिन्‍न आरोप लगाइएको पनि गुनासो गरे। ‘यो सम्झौता नेपालको हितमा छैन भन्दा ममाथि अनेक आरोप लागे’, उनले भने, ‘राष्ट्रहितको कुरा गर्दा लाग्ने आरोपलाई मैले सामान्यरुपमा लिएको छु।’

नेता रावलले एमसिसीका प्रावधानहरु नेपालको संविधान भन्दा बाहिर रहेको पनि दाबी गरे। ‘दुईतिहाइको सरकारले बनाएको संविधानलाई कुनै एउटा सम्झौताको लागि संशोधन गर्न सकिँदैन’, भने, ‘नेपालमा बन्‍ने योजनामा भारतसँगको सम्झौता किन जरुरी पर्‍यो? त्यसैले एमसिसी नेपालको हित विपरीत छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार