logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मदन भण्डारीकी छाेरीकाे राजनीतिक इन्ट्री


  • राजनीति
  • मंगलबार, माघ २१ २०७६

सत्तारूढ दल नेकपाकाे भातृ संगठन अखिल नेपाल महिला संघकाे केन्द्रीय सदस्यमा राष्ट्रपति विद्या भण्डारी कि छाेरी उषाकिरण भण्डारी निर्वाचित भएकि छिन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी कि सुपुत्री उषाकिरण अब औपचारिक हिसावले राजनीतिक मा प्रबेश गरेकि छिन् । नेकपाले उनलाइ अनेमसंघकाे केन्द्रीय सदस्य बनाएपछि उनकाे आगामी राजनीति यात्राको ढाेका खुलेकाे छ ।

पार्टीको एकतापछि महिला संगठनकाे एकता सम्पन्न भएपछि पहिलाेे पटक बसेकाे बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महिलाहरुलाई समावेशीता होइन समानताको मुद्दा उठाउन आग्रह गरेका छन् । पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघको केन्द्रीय समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले महिलाका सबै माग पार्टीभित्रैबाट पूरा हुने उद्दघाेष गरे ।

प्रधानमन्त्री ओलीले ‘३३ प्रतिशत प्रतिनिधित्वको कुरा बाहिर गएर होइन पार्टीभित्रै छलफल गरेर पूरा हुन्छ । हामीले ३३ प्रतिशत समावेशी प्रतिधित्वको कुरा होइन समानताको कुरा गरेका छौं । कम्तीमा ५० प्रतिशत महिला नेतृत्वको कुरा गर्नुस् । तपाईहरुले समावेशी होइन समानताको मुद्दा उठाउनुस् सम्भव छ भन्दै सहभागी महिलाहरुलाइ उत्साहित बनाउने काेसिस गरे ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले महिलालाई राष्ट्रपति र सभामुख बनाउने नेकपा एउटामात्रै पार्टी भएको भन्दै महिलाको समतामूलक प्रतिनिधित्व पार्टीले गराइरहेको बताए । महासचिव विष्णु पौडेलले ४७५ सदस्यीय महिला संघ केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई सपथग्रहण गराए ।

अनेमसंघ मा हाल गोमा देवकोटा इन्चार्ज र अमृता थापा संयोजक रहेको ४७५ सदस्यीय अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा पूर्वएमाले पक्षबाट ५५ प्रतिशत र पूर्व माओवादी पक्षबाट ४५ प्रतिशत प्रतिनिधित्व रहेकाे बताइएकाेे छ ।

उक्त बैकठमा सहभागी थिइन मदनकुमार भण्डारी र राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी । उनि अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा चयन भएकि हुन । नेकपामा मदन भण्डारी तथा विद्या भण्डारीको उत्तराधिकारीको औपचारिक प्रवेश भएको छ ।

उषाकिरण यश अघि राजनीतिशास्त्रकी बिधार्थी तत्कालिन एमाले सम्बद्ध महिला संघको विदेश विभागमा रहेर काम गरे पनि पूर्ण रुपमा राजनीतिमा थिइनन् । विद्या भण्डारी राष्ट्रपति भएपछि उनी मदन भण्डारी फाउण्डेशनको अध्यक्ष भएकि उनी हाल अनेमसंघकाे केन्द्रीय सदस्य चयन भइन ।

उषाकिरणलाइ मदन भण्डारीको परिवारबाट राजनीतिमा स्थापित हुन लागेकी उषाकिरण पहिलो सदस्य हुन् । उनकी काकी उर्लाबारी नगरपालिका मोरङको उपमेयर छिन् भने मदन भण्डारीका भाइ प्रेम भण्डारी २ दशकअघि एमाले हुँदै मालेको राजनीतिमा लागे पनि पछिल्लो समय उनी सक्रिय राजनीतिमा देखिदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार