पोखरा – चितवन सरुवा भएर पनि रवाना पत्र नपाएका एसपी गंगा पन्तलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएर पनि त्यहाँको जिम्मेवारी नपाएकी उनलाई पर्सा पठाएर उनको स्थानमा नान्तिराज गुरुङलाई जिम्मेवारी दिइएको छ ।
चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको ठाउँमा पन्तलाई सरुवा गरेको भएपनि विवादका कारण उनलाई त्यहाँको रमाना दिइएको थिएन ।