logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चिनमा रहेका नेपालीहरुबारे यस्ताेे भन्छिन चिनियाँ राजदुत यान्छी


  • राजनीति
  • बुधबार, माघ २२ २०७६

काेराेना भाइरसकाे संनत्रासले पिराेलिरहेकाे बेला चीनले आफ्नो मुलुकमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएको छ। मंगलबार राजधानीमा केही सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा चिनियाँ राजदूत होउ यान्छीले सो कुरा बताएकी हुन् ।

उनले कोरोना प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताउँदै यदि सरकारले उनीहरुलाई नेपाल फर्काउने हो भने विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र सम्बन्धित विमानस्थलहरुसँग परामर्श गर्न सुझाव दिएकी छिन् । उनले चीनमा रहेका नेपालीहरुलाई फर्काउन कुटनीतिक माध्यामबाट कुराकानी गर्नुपर्ने बताएकि छिन ।

राजदुत यान्छीले भनिन यदि नेपालले आफ्ना नागरिकलाई उद्धार गर्न चाहन्छ भने हाम्रो सल्लाह छ कि नेपाली पक्ष विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम तथा नियन्त्रणमा पूर्ण तयार रहनुपर्छ र महामारी रोकथामका लागि डब्लूएचओका प्रतिनिधिसँग सल्लाह गराेस र प्रक्रिया काे थालनी गराेस ।

यान्छीले वुहानमा रहेका नेपाली विद्यार्थीहरु बेइजिङस्थित नेपाली दूतावस र चिनियाँ विदेश मन्त्रालयको सम्वन्धित विभागसँग नियमित सम्पर्कमा रहेको बताइन् । केही हप्तायता चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका एक दर्जनभन्दा बढी देशहरु प्रभावित भैसकेका छन् भने चीनमा ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । उक्त भाइरसबाट १५ हजारको हाराहारीमा सर्वसाधारणहरु संक्रमित भएको रिपोर्ट बाहिर आएको छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार