राजनीति
सत्तारूढ दल नेकपाका महासचिव बिष्णु पाैड्याल बालुवाटार काण्डका दाेषि हुन । आज अख्तियारले बालुवाटार काण्डका दाेषिमाथि कार्वाही काे माग गर्दै मुद्दा दायर गर्याे तर उनै बिष्णु पाैड्यालकाे नाम भने आएन ।
पाैड्याल सत्तारुढ नेकपाका महासचिव समेत रहेका पूर्वअर्थमन्त्री पौडेल यसअघिका अर्थमन्त्री पनि हुन्। उनी राजनीतिक हिसाबले शक्तिशाली पदमा छन । यसकारण सजिलै उनिमाथि कार्वाही हुनेमा सर्वसाधारण ले आशंका गरेका थिए ।
केही समय अघि पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको टोलीले अनुसन्धान अघि बढाएदेखि नै उनको नाम यो प्रकरणमा मुछिएको थियो। तर बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलका छोरा अर्थात् जग्गाधनी नवीन पौडेलको नाम परेन। र त्यसपछि जनताले गरेकोे आशंका संवत्: सावित भयाे ।
जब बालुवाटार मा पौडेलकाे नाम आयाे उनले जवाफ दिएका थिए आफूले नवलपरासीको जग्गा बेचेर त्यहाँ किनेको दाबी गर्दै आएका थिए ।
तर आज अख्तियारले पौडेलले लिएको जग्गाको विषयमा यस्तो प्रष्टीकरण दिएको छ ‘ललिता निवास क्याम्पभित्र पर्ने सरकारी जग्गा आफ्नो नाममा कायम रहेका हालका जग्गाधनीहरुमध्येका कुमार रेग्मी र नवीन पौडेलउपर समेत जग्गा जफतको मागदाबी गर्नुपर्नेमा निजहरुले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान तथा आयोग समक्ष पेश गरेको निवेदनमा काठमाडौं बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र आफ्नो नाममा कायम रहेका जग्गाहरु नेपाल सरकारलाई छाडिदिन मञ्जुर गरेकाले जग्गा जफतको मागदावी लिनका लागि प्रतिवादी बनाउन आवश्यक नदेखिँदा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५५ बमोजिम हाल निज कुमार रेग्मी र नवी पौडेलको हकमा जग्गा जफतको मागदावी नलिने।’
अहिले भनेे सामाजिक सन्जालमा पाैड्याललाइ जाेगाइएकाे भन्दै सर्वत्र आलोचना सुरु भएको छ ।